माओवादी संसदीय दलको निर्णय : कर्णालीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिएर छाड्ने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने भएका छन् । मंगलबार बसेको माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनले केन्द्रमा गरेकाे सहमतिअनुसार कर्णाली प्रदेश एमालेकाे भागमा परेकाे छ । संसदमा विश्वासको मत लिनका लागि पत्र दर्ता भएकाले मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर मात्रै सत्ता हस्तान्तरण गर्ने तयारी गरेका हुन् । 

माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीले बुधबार विश्वासकाे मत लिने र त्यसपछि मात्रै राजीनामा दिनेछन् ।

मंगलबारकाे बैठकले सत्ता साझेदार दलहरूको तर्फबाट अहिले विश्वासको मत लिने र केन्द्रको सम्झौताको मर्म र भावनालाई कदर गरेर केही समयपछि सत्तालाई जसले पाउने भएको छ, उसलाई दिने निर्णय भएकाे प्रमुख सचेतक परियारले बताए । 

उनले नेकपा एमालेले पनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने विश्वास व्यक्त गरे । उनले विश्वासको मत लिएको केही दिनपछि केन्द्रको निर्णयअनुसार सत्ता हस्तान्तरण हुने बताए ।





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १९:५२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया