logo-img

नेपाललाई एक खेलअगावै फाइनल पुग्ने मौका, आज गुजरातसँग भिड्दै

भारतमा रहेको नेपाली क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० प्रतियोगितामा आज गुजरातसँग खेल्दैछ । नेपाल र गुजरातबीचको खेल दिउँसो २ः४५ देखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ ।  

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट तथा दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो । नेपाल आज पनि सहज जित निकाल्दै एक खेलअगावै फाइनलको यात्रा गर्न चाहन्छ । फाइनल खेल आइतबार हुनेछ ।  

गुजरात फाइनल सम्भावना बलियो बनाउन जित्नैपर्ने दबाबमा छ । पहिलो खेलमा नेपालसँग हारेको उसले दोस्रो खेलमा बरोडालाई ५ विकेटले हराएको थियो । 



नेपाल एसिसी प्रिमियर कपको अभ्यासस्वरूप भारतमा गुजरात र बरोडासँग मैत्रीपूर्ण सिरिज खेलिरहेको हो । यो प्रतियोगिता खेलेपछि नेपाली टोली प्रिमियर कप खेल्न ओमान जानेछ ।

प्रिमियर कपमा नेपालले पहिलो खेल १२ अप्रिलमा मलेसियासँग खेल्ने तालिका छ । 
 
 





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार ७:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया