logo-img

आयरल्याण्डविरुद्ध रिजनले दिलाए नेपाल ‘ए’ लाई पहिलो सफलता

आयरल्याण्ड उल्भ्सविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ लाई पहिलो सफलता युवा तीव्र गतिका बलर रिजन ढकालले दिलाएका छन् । उनले ५.१ ओभरमा जेम्स म्याक्लमलाई १२ रनमा आउट गर्दै नेपाललाई ब्रेक थ्रू दिलाएका हुन् ।

रिजनले जेम्स​लाई विकेटकिपर अर्जुन साउदबाट क्याच आउट गराए । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिला फिल्डिङ गरिरहेको हो ।

नेपाल ‘ए’ र आयरल्याण्ड टी–२० पछि एकदिवसीय सिरिज खेलिरहेका हुन् । तीन खेलको टी–ईण सिरिज नेपालले २–१ ले गुमाएको थियो । नेपाल अब टी–२० सिरिज गुमाएको बदला वानडेमा लिने दाउमा छ ।   
 







  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १०:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया