आयरल्याण्ड वुल्भ्सविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ लाई तेस्रो सफलता मिलेको छ । नेपाललाई तेस्रो सफलता लेगस्पिनर मौसम ढकालले दिलाए ।
उनले १७.४ ओभरमा आयरल्याण्डका स्टार ब्याटर पिटर मूरलाई बोल्ड गरे । मूरले आज ३४ बलमा एक छक्का र एक चौकासहित २१ रन जोडे । नेपाललाई दोस्रो सफलता स्पिनर साहब आलमले दिलाए ।
उनले ८.४ ओभरमा आयरल्याण्डका महत्वपूर्ण ब्याटर स्टिफन डोहेनीलाई १२ रनमा बोल्ड गरे । साहबले आफ्नो पहिलो ओभरमै विकेट लिएका हुन् । नेपाललाई पहिलो सफलता युवा तीव्र गतिका बलर रिजन ढकालले दिलाए ।
उनले ५.१ ओभरमा जेम्स म्याक्लमलाई १२ रनमा आउट गरे । रिजनले म्याक्लमलाई विकेटकिपर अर्जुन साउदबाट क्याच आउट गराए । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिला फिल्डिङ गरिरहेको हो ।
नेपाल ‘ए’ र आयरल्याण्ड टी–२० पछि एकदिवसीय सिरिज खेलिरहेका हुन् । तीन खेलको सिरिज नेपालले २–१ ले गुमाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।