पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले सर्वोच्चमा बहस चल्दाचल्दै विष सेवन गरिन्

पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले विष सेवन गरेकी छन् । सर्वोच्च अदालतमा मुद्दाको बहस चल्दाचल्दै उनले विष सेवन गरेकी हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दामाथि बहस भइरहेका बेला उनले बुधबार दिउँसो २ बजेतिर अदालत परिसरमै विष सेवन गरेकी हुन् ।

उनको अवस्था स्थिर र बोल्न नसक्ने रहेको प्रहरीले जनाएको छ । हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १५:५१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया