कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
फाइल तस्बिर

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् । 

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै उनले पदबाट राजीनामा दिएका हुन् । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी एमालेलाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भए बमोजिम नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका शर्माले राजीनामाको घोषणा गरेका हुन् । 

मुख्यमन्त्री  शर्माले संघ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए । उनले सत्ता समीकरणमा भएको फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको अनुभव सुनाए । 

उनले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकारात्मक भएर लाग्नुपर्नेमा जोड दिए । उनले आफूले कार्यकाल भर धेरै काम गरेको उल्लेख गर्दै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताए ।  





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १८:१२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया