गुजरातलाई आठ रनले हराउँदै नेपाल फाइनलमा

भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । 

अगामी जुनमा हुने टी–२० विश्वकपको तयारीका लागि भारतमा रहेको नेपालले भारतको स्टेट टिम गुजरातलाई बुधबार आठ रनले पराजित गर्दै एक खेलअगावै फाइनलमा स्थान पक्का गरेको हो । नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ । 

नेपालले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो । गुजरातका लागि कप्तान उमंग रोहित कुमारले ४७ रन जोड्दा हर्ष देसाईले नटआउट २९ रन बनाए । 

नेपालका लागि सोमपाल कामी, गुल्सन झा र कुशल मल्लले समान दुई–दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै एक सय ८१ रन बनाएको थियो ।
  
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे । कुशलले ६७ रन र आसिफले ८५ रन जोडे । 
 





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार २०:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया