logo-img

कांग्रेसको अलमल : उम्मेदवार छनोटबारे दोस्रो दिनको छलफल पनि भएन सफल

नेपाली कांग्रेसले दोस्रो दिनको बैठकबाट पनि अगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सहभागी हुन बझाङ र इलामका लागि उम्मेदवार चयन गर्न सकेन । 

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ तीन घण्टा लामो छलफल भए पनि बिहीबार मात्रै निर्णय हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । 

धेरैजना आकांक्षी भएका कारण बिहीबार बिहान संसदीय बोर्डको बैठकमा उनीहरूलाई राखेर छलफल गरि दिउँसो ३ बजे बस्ने कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने उनले बताए । 



उनले भने, ‘आज पनि निर्णय हुन सकेन । आजको बैठकले इलाम–२ र बझाङ प्रदेश सभाका निर्वाचनका सबै आकांक्षीहरूलाई राखेर भोलि छलफल गर्ने, त्यसपछि सहमति जुटाउने कुरा भएको छ । भोलि बिहान साढे ९ बजे संसदीय बोर्डको बैठक बस्नेछ । त्यहाँ दुवै क्षेत्रका आकांक्षीहरूलाई बोलाएर छलफल गर्छौं । त्यसपछि ३ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले उम्मेदवार तय गर्नेछ ।’

सबै आकांक्षीसँग छलफलपछि जिल्लामा असन्तुष्टि नहुने गरी टिकट दिने प्रयास भएका कारण उम्मेदवार चयनमा ढिलाइ भमएको उनको दाबी छ  । खासगरी इलाम २ लाई लिएर सभापति देउवा र नेता डा. शेखर कोइराला पक्षबीच विवाद छ । 

इलाम २ का लागि सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का ०७९ मा पराजित डम्बर खड्काको पक्षमा छन् । उता, डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला भेषराज आचार्यको पक्षमा छन् ।





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार २२:१६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया