प्रिमियर लिगको शीर्ष स्थानमा फर्कियो आर्सनल

आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति घरेलु मैदान इमिरेट्स रंगशालामा सम्पन्न खेलमा लुटन टाउनलाई २–० ले हराउँदै आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।   

आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्ड एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भयो । खेलको २४औँ मिनेटमा ओडेगार्डको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । उनले काइ हाभरटे्जको पासमा गोल गरे । 

पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा डाइकी हाशिओबाट आत्मघाती गोल हुन पुग्दा आर्सनलले २–० को जित निकाल्यो ।

यो जितपछि आर्सनलले ३० खेलमा ६८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ६७ अंक छ । पराजित लुटन ३१ खेलबाट २२ अंकका साथ १८औं स्थानमा छ ।  






  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार ८:५१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया