सिटीको सानदार जितमा फिल फोडेनको ह्याट्रिक

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ४–१ गोल अन्तरले हराएको छ । बुधबार राति सम्पन्न खेलमा सिटीको जितमा फिल फोडेनले ह्याट्रिक र रोड्रीले एक गोल गरे । एस्टनका लागि जोन डुरनले एक गोल फर्काए ।

रोड्रिले ११ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा एस्टनका जोनले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि फिल फोडेनले ह्याट्रिक पूरा गर्दा सिटी फराकिलो अन्तरले विजयी भयो । फोडेनले पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका थिए । 

६२ औं र ६९ औं मिनेटमा लगातार गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । सिटी अन्ततः ४–१ को फराकिलो अन्तरले विजयी भयो । अर्को खेलमा ब्रेन्टफोर्ड र ब्राइटनले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिगअन्तर्गत आज राति सवा १२ बजे लिभरपुल र सेफिल्ड युनाइटेड तथा १ बजे चेल्सी र म्यानचेस्टर युनाइटेड आमनेसामने हुनेछन् ।   

यो जितपछि सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सिटी र दोस्रो स्थानमा रहेको लिभरपुलको समान ६७ अंक हुँदा चौथो स्थानमा रहेको स्टनभिल्ला भने ८ अंकले पछि रहेको छ । ऊ चौथो स्थानमा यथावत रहेको छ ।
 






  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार ९:८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया