अभिनेत्री हन्टर भन्छिन्- ट्रान्सजेन्डर चरित्रमा अभिनय गर्न चाहन्नँ

‘युफोरिया’ अभिनेत्री हन्टर स्याफरले आफूले अब ट्रान्सजेन्डर चरित्रमा अभिनय गर्न नचाहेको बताएकी छन् । एचबीओको हिट टिन ड्रामा ‘जुल्स भन’बाट ‘ट्रान्सजेन्डर स्टार’का रूपमा परिचित उनले अब फरक चरित्रमा अभिनय गर्न चाहेको बताएकी हुन् । 

‘मैले आफ्नो स्थानमा पुगेर धेरै मेहनत गरेँ । मैले यो संक्रमणकालमा साँच्चै कठिन विन्दुहरू पार गरेँ र अब म केटी बनेर अगाडि बढ्न चाहन्छु’, उनले भनेकी छन् ।

उनले ‘ट्रान्स अभिनेत्री’का रूपमा चिनिनु आफ्नो लागि ‘अपमानजनक’ रहेको उल्लेख गरेकी छन् । ‘मलाई ट्रान्स चरित्रमा धेरै अफर आएका छन् । म यो गर्न चाहन्नँ र यसबारे कुरा गर्न पनि चाहन्नँ’, उनले भनेकी छन्, ‘मलाई यो तथ्य पनि थाहा छ कि मिडियामा म अहिले सबैभन्दा लोकप्रिय ट्रान्स व्यक्तिहरूमध्ये एक हुँ र म जिम्मेवारीको भावना महसुस गर्छु । प्रवक्ता नहुँदा पनि अलिकति दोषी महसुस गर्छु ।’

हलिउडमा कास्टिङको बारेमा लामो समयदेखि बहस चलिरहेको छ । विशेषतः ट्रान्स चरित्रमा वास्तविक जीवनमा ट्रान्सजेन्डर भएकै व्यक्तिले निभाउनुपर्ने ट्रान्सजेन्डर समुदायमा धेरैले तर्क गरिरहेका छन् । 





  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार ११:२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया