logo-img

कांग्रेसबाट इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंह उम्मेदवार

नेपाली कांग्रेस संसदीय बोर्डले इलाम–२ को उपनिर्वाचनका लागि पार्टी सभापति डम्बर खड्कालाई उमेदवार बनाउने भएको छ ।

बिहीबार बिहान सबै आकांक्षीलाई बोलाएर छलफल गरेपछि खड्कालाई उम्मेदवार बनाउने सहमति बनेको हो । इलामका प्रमुख आकांक्षी भेषराज आचार्यसँग भने अन्तिम समयमा कुनै सरसल्लाह नगरेको प्रतिक्रिया दिएका छन् । 

बिहीबार बसेको बोर्ड बैठकले इलाम–२ मा खड्का र बझाङ १(क)मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने गरी सहमति भएको कांग्रेस निकट स्रोतले जनाएको छ ।



बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले अब कार्य सम्पादन समितिलाई नाम सिफारिस गर्नेछ । उमेदवारको टुंगो लगाउन मंगलबार र बुधबार दुई दिनसम्म बसेका औपचारिक बैठक निष्कर्षविहीन रहे पनि बिहीबार भने उम्मेदवारी टुङ्याएको हो । 





  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार १३:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया