चार दिनअघि विदेशबाट फर्किएका युवकले गरे श्रीमतीको हत्या
प्रतीकात्मक तस्वीर

झापाको बाह्रदशी गाउँपालिका–१ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

चार दिनअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए । 

श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको उपरीक्षक केसीले जानकारी दिए । प्रहरीले देवनारायणलाई पक्राउ गरिसकेको छ । 

ममसरी दिव्यज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध रहेकी थिइन् ।  





  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार १३:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया