वाइडबडी जहाज खरिद प्रकरण : पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फाइल तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीबार पूर्वपर्यटनमन्त्री एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका आठ विदेशी नागरिक र २४ नेपाली छन् । उनीहरूले १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले पूर्वमन्त्री शाही, नेपाल वायुसेवा निगमका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार, निगमका तत्कालीन सञ्चालक समिति सदस्यहरू शिशिरकुमार ढुंगाना, बुद्धिसागर लामिछानेलगायतलाई प्रतिवादी बनाएको छ ।  





  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार १४:५२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया