कांग्रेस-एमालेकै कारण मुलुकमा संविधान आयाे, यी दल नमिलेसम्म समृद्धि आउँदैन : डा. शेखर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले नमिलेसम्म मुलुकको समृद्धि हासिल नहुने बताएका छन् । सरकारको स्थायित्व र  मुलुकको समृद्धिका लागि दुई प्रमुख दल मिल्नुको विकल्प नभएको उनले बताए । 

वर्षैपिच्छे फेरिने सरकारबाट राजनीतिक स्थायित्व पनि नहुनेमा उनले जोड दिए। बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले भने, ‘अहिलेको अवस्थामा कांग्रेस–एमाले मिलेर मुलुकलाई निकास दिनुपर्छ। यहाँ राजनीतिक स्थायित्व र मुलुकको आर्थिक विकासका लागि यो कडी आवश्यक छ। यस विषयमा पार्टी नेतृत्वले पनि पहल सुरु गर्नुपर्छ भन्ने लाग्छ।’

कांग्रेस र नेकपा एमालेकै कारण मुलुकमा संविधान आएकाे उल्लेख गर्दै उनले समयको माग र आजको आवश्यकता पनि दुवै पार्टी मिलेर अघि बढ्नु रहेकाे बताए । अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिने जिम्मेवारी पनि दुवै पार्टीको रहेकाले त्यसका लागि आफूले पहल सुरु गरेको नेता कोइरालाको भनाइ छ। 

अहिलेको अवस्थामा केन्द्रमा गठबन्धन बने पनि कतिपय प्रदेशमा सरकार बन्ने सम्भावना नदेखिएको बताउँदै नेता कोइरालाले अहिले साना ठूला दल मिलेर बनेको गठबन्धनको सरकारले मुलुकमा आर्थिक समृद्धि कायम हुन नसक्ने बताए । 

नेता कोइरालाले कोशी प्रदेश सरकारका सन्दर्भमा दुई वर्षसम्म वर्तमान सरकारले विश्वासको मत लिनुपर्ने अवस्था नरहेको बताए। संविधानको धारा ५ बाट बनेको सरकारलाई दिएको समर्थन दलहरुले फिर्ता लिए पनि सरकार अल्पमतमा नपर्ने भएकाले मुख्यमन्त्रीले राजीनामा दिनु नपर्ने उनले जिकिर गरे । 





  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार १६:३६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया