कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसकारण देशभर आंशिक बदली देखि साधारणतया बदली रहेको छ।

आज शुक्रबार दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन तथा चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका  थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

रातिको समयमा पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन तथा चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार ६:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया