logo-img

उपनिर्वाचन : उम्मेदवारको नामावली प्रकाशन गर्दै आयोग, आजै चुनाव चिन्ह प्रदान
फाइल तस्बिर

आउँदो १५ वैशाखमा हुन लागेको उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ । निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

आयोगले मंगलबार अपरान्ह ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।  त्यसअघि आयोगले उम्मेदवारी फिर्ता गर्न चाहेनका लागि बिहान ९ देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको छ । उपनिर्वाचन हुने इलाम–२ मा २० र बझाङ १ (१) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका आयोगले जनाएको छ । 

इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि तथा बझाङ–१ (१) मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उपचुनाव हुन लागेको हो । जसका लागि आयोगले १५ वैशाखको बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार ६:५३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया