logo-img

कांग्रेसले बोलायो संसदीय दलको बैठक, संसद् अवरोध गर्ने/नगर्नेबारे छलफल हुने

नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ । संसदमा पार्टीको भूमिकाबारे सोमबार पार्टीका शीर्ष नेतासँग छलफल गरेका सभापति शेरबहादुर देउवाले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् । 

संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक ८ बजेदेखि बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सुरु हुनेछ । कांग्रेसले आजको बैठकमा प्रतिनिधिसभामा अब कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्दैछ । 

सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले गठन नभएसम्म संसदमा गृहमन्त्रीलाई सम्बोधन गर्न नदिने नीति लिएको छ । साथै, उसले सरकारको छानबिन समिति गठनमा ढिलाइ गरे संसद् अवरुद्ध गर्ने चेतावनीसमेत दिएको छ । 



यसअघिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले अर्को बैठकसम्म संसदीय छानबिन समिति गठनका लागि भन्दै अल्टिमेटम दिएका थिए । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । त्यसअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । 
 
 





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार ७:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया