गण्डकीकाे मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा कांग्रेसकाे रिट
आफूलाई मुख्यमन्त्री पदमै निरन्तरताका लागि अन्तरिम आदेशसहितको परमादेश जारी गर्न सुरेन्द्रकाे माग माग

नेपाली कांग्रेसले गण्डकी प्रदेशमा सभामुखको समेत हस्ताक्षर गराएर मुख्यमन्त्री नियुक्त भएकाे भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकाे छ । 

आइतबार एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहितको समर्थनमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

कांग्रेसका सुरेन्द्रराज पाण्डेले आज सर्वोच्च अदालतमा रिट दायर गर्दै एमालेका अधिकारीको नियुक्ति बदर गरी आफूलाई मुख्यमन्त्री पदमै निरन्तरताका लागि अन्तरिम आदेशसहितको परमादेश जारी गर्न माग गरेका छन् । 

एमालेका अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको निवर्तमान मुख्यमन्त्री पाण्डेको दाबी छ । सभामुख कृष्ण धितालको समेत हस्ताक्षरसहित अधिकारीले दाबी पेस गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । 





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार १९:५०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया