राष्ट्रिसभा उपाध्यक्षको निर्वाचन आज, घिमिरे र पुडासैनी प्रतिस्पर्धामा

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने भएको हो ।

उपाध्यक्षका लागि सत्तारुढ दलले नेकपा (एमाले) सांसद विमला घिमिरेलाई अघि उम्मेदवार बनाएको छ । उनी कपिलवस्तुकी हुन् । त्यस्तै, राष्ट्रियसभा उपाध्यक्षका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौंकी विष्णुदेवी पुडासैनीलाई अघि सारेको छ ।

पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट तथा घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने, समर्थकमा नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामी छन् ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका तीन, जनमोर्चा, लोसपा, मनोनीत गरी एक/एक सांसद रहेका छन् ।  





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार ६:४२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया