प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण सभामुख देवराज घिमिरेले चार दिनका लागि संसद बैठक स्थगित गरेका छन् । बुधबार आकस्मिक समय सकिए लगत्तै प्रतिपक्षी दलहरू आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरे । 

गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायमै राखेको कांग्रेसले आकस्मिक समयमा सदन सञ्चालन गर्न दिए पनि शून्य समय प्रारम्भ गर्न खोज्दा अवरोध गरेको हो । राप्रपाका सांसदले पनि मंगलबारको प्रदर्शनमा आफूमाथि प्रशासनले शक्ति प्रयोग गरेको आरोप लगाउँदै सदनमा विरोध जनाए । 

बुधबार आकस्मिक समय सकिए लगत्तै प्रतिपक्षी दलका सांसदले आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको जानकारी गराए ।

मंगलबारको बैठक पनि कांग्रेसको अवरोधका कारण आजलाई सारिएको थियो ।  





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १३:२९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया