logo-img

कांग्रेस सांसद सापकोटाको आग्रह- संसदमा एकआपसमा जुहारी नखेलौँ, आरोपप्रत्यारोप नगरौँ

माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा एकआपसमा जुहारी खेल्ने, आरोप प्रत्यारोप गर्ने अभ्यासले समाजलाई सही दिशामा लैजान नसक्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा आपसमा आरोप प्रत्यारोप समाजका लागि हितकर नभएको भनाइ राखे । नयाँ पुस्ताले ठिक ढंगले बहस भइरहेको छ भनेर मूल्यांकन गर्न सक्नेगरि संसद भित्रको अभ्यास र नजिरहरूलाई स्थापित गर्नुपर्ने उनले बताए । 

उनले भने,‘समाज निराशाले घेरिएको छ । समाजले हामीप्रति धेरै ठूलो अपेक्षा गरेको छ । त्यसैले हामीले संसदमा एकआपसमा जुहारी खेल्ने एकले अर्कालाई खुइलाउने, आरोप प्रत्यारोप गर्ने यो अभ्यासले समाजलाई सही दिशामा लैजान सकिँदैन । हामीभन्दा पछिको सन्तानले संसदमा ठिक ढंगले बहस भइरहेको छ भनेर मूल्यांकन गर्न सक्नेगरि यो संसद भित्रको अभ्यास र नजिरहरूलाई स्थापित गर्नुपर्छ ।’



सडकमा चक्काजाम जस्तो आन्दोलनको स्वरूपलाई बदलेर रचनात्मक सृजनात्मक ढंगबाट सदनमा पनि संवादको वातावरण विकास गर्नुपर्ने धारणा उनले राखे । संसद्लाई स्वस्थ बहसको थलोको रूपमा विकास गर्न उनले अपिल गरे । 

उनले भने,‘पक्ष विपक्षको सबैलाई म प्रधानमन्त्रीको पार्टीको तर्फबाट विनम्रका साथ भन्न चाहन्छु । यो चक्काजाम जस्तो आन्दोलनको स्वरूपलाई बद्लेर रचनात्मक सृजनात्मक ढंगबाट सडकमा आन्दोलन देख्न सक्छौँ । सडकबाट भएका रचनात्मक सृजनात्मक शैलीलाई कमसेकम सदनमा हामीले विकास गर्नुपर्छ । त्यसैले यो संसद्लाई बहसको थलोको रूपमा विकास गर्न म अपिल गर्न चाहन्छु ।’  





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १४:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया