सुदूरपश्चिमबाट केन्द्रलाई चुनौती : नाउपाका लक्ष्मण किशोर मुख्यमन्त्री !

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आन्तरिक विवादका कारण सुदूरपश्चिम प्रदेशको मात्रै नभएर देशकै राजनीति तरंगित भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ एमाले–माओवादी समीकरणमा र संरक्षक रेशम चौधरी कांग्रेस नेतृत्वको गठबन्धनमा लागेपछि पार्टी नै फुटको सँघारमा उभिएको छ । 

सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने विषयमा भएको विवादका कारण केन्द्रीय अध्यक्ष श्रेष्ठले दुई सांसदलाई कारबाही गरिसकेकी छिन् । तीमध्ये एक सांसद निष्कासनमा परेका छन् भने अर्का एकजनालाई रञ्जिताले तीन महिनाका लागि निलम्बन गरेकी छिन् । आइतबार मुख्यमन्त्रीको दाबी पेस गर्ने अन्तिम दिन सुदूरपश्चिम प्रदेशमा फरकफरक दुई गठबन्धन बनेकाा छन्।

आज बिहानै बालुवाटारमा नयाँ सत्ता गठबन्धनका दलबीच नाउपालाई मुख्यमन्त्री दिने र रन्जिता पक्षीय कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । 

तर, नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ धनगढी नपुग्दै केन्द्रीय गठबन्धनलाई चुनौती दिँदै सुदूरपश्चिममा रेशम पक्षले कांग्रेस र समाजवादी पार्टीसँग नयाँ सहमति गरेको छ । जसअनुसार रेशम पक्षका लक्ष्मण किशोरलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।  

सो सहमतिमा कामचलाउ मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले पनि हस्ताक्षर गरिसकेका छन् । समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेताबीच समझदारी बनेको हो । 

सरकार निर्माणका लागि सुदूरपश्चिममा २६ सिट आवश्यक हुन्छ । जसमा कांग्रेसको १८, समाजवादीको ४ नाउपा (रेशम)पक्षको ४ गरी २६ सिट पुगेको छ । 





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १४:२८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया