भक्तपुरको बोडेमा मनाइयो जिब्रो छेड्ने जात्रा [तस्बिरहरू]

भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा आज जिब्रो छेड्ने जात्रा धुमधामका साथ मनाइँदैछ । यस वर्ष बोडेका २८ वर्षीय सुजन बागस श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिए छन् । 

संस्कृति बचाउनका लागि युवा नै अग्रसर हुनपर्छ भन्ने सन्देश दिन हरेक वर्ष जिब्रो छेडाउन युवा तयार हुने श्रेष्ठ बताउँछन् । नवौँपटक जिब्रो छेडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले गएको वर्ष पनि जिब्रो छेडाएका थिए । 

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाइ व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वास छ । मध्यपुर ठिमी वडा नम्बर २ मा रहेको गणेशको मन्दिर अगाडि गरेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ ।

त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्ति पीठमा परिक्रमा गर्दछन् । परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ ।

तस्बिरमा जिब्रो छेड्ने जात्रा : 





 

  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १६:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया