logo-img

लखनउविरुद्ध कोलकाताको सानदार जित, फिल साल्टको आक्रामक ब्याटिङ

कोलकाता नाइट राइडर्सले भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा चौथो जित निकालेको छ । कोलकाताले चौथो जित दर्ता गर्नेक्रममा आइतबार सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले हरायो ।

आफ्नो छैटौँ खेलमा लखनउले दिएको १ सय ६२ रनको लक्ष्य कोलकाताले १५.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर फिल साल्टले उत्कृष्ट इनिङ खेले ।

४७ बलको सामना गरेका साल्टले १४ चौका र तीन छक्कासहित अविजित ८९ रनको इनिङ खेलेका हुन् । यस्तै, कप्तान श्रेयस अय्यरले ३८ बलमा ६ चौकाको सहयोगमा अविजित ३८ रनको योगदान दिए । लखनउका लागि मोहसिन खानले मात्र दुई विकेट लिन सके ।  

त्यसअघि कोलकाताको इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनायो । उसका लागि निकालस पूरनले उत्कृष्ट इनिङ खेले । ३२ बलको सामना गरेका उनले चार छक्का र दुई चौकाको मद्दतमा ४५ रनको इनिङ खेलेका हुन् ।

यस्तै, कप्तान केएल राहुलले ३९, आयुष बडोनीले २९, क्विन्टन डिकक र मार्कस स्टोइनिसले १०/१० रन जोडे । कोलकाताका लागि मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २८ रन दिएर महत्वपूर्ण तीन विकेट हात पारे ।

यस्तै, वैभव अरोरा, सुनिल नारायण, वरुण चक्रवर्ती र आन्द्रे रसेलले एक/एक विकेट लिए । जारी सिजनमा कोलकाताले पाँच खेल खेल्दा चारमा जित र एक खेलमा पराजय बेहोरेको छ ।



ऊ अहिले ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । यस्तै, पाँचौं स्थानमा खस्किएको लखनउले ६ खेल खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ ।  



  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १९:३५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया