जात्रा हेर्न पोखरीको डिलमा बस्दा...

मध्यपुरथिमि नगरपालिका‐५ दुईपोखरीका ५० वर्षीय तुइलाल श्रेष्ठको आज पोखरीमा डुबेर मृत्यु भएको छ । 

सिन्दूर जात्रा हेर्न पोखरीको डिलमा बसेका श्रेष्ठ डिलबाट पोखरीमा खसेर डुबेलगत्तै स्थानीयले उद्धार गरी नेपाल कोरिया मैत्री अस्पताल थिमिमा उपचारका लागि लगेकामा अस्पतालले मृत्यु भइसकेको जानकारी गराएको थियो । 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार शव शवपरीक्षणका लागि केएमसी अस्पताल दुवाकोटमा लगेर घटनाबारे अनुसन्धान सुरु गरिएको छ । 





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार २२:४८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया