नेपालले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद गर्दै

नेपालले पहिलो पटक आगामी जेठमा पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको आयोजना गर्ने भएको छ ।

पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरूको समान धारणा कायम गरी आगामी दिनमा सोसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई प्रभावकारी बनाउन जेठ ९ र १० गते काठमाडौंमा संवाद गर्न लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

‘पर्वत, जनता र जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय संवाद’मा नेपाललगायत अन्य पर्वतीय मुलुकका प्रतिनिधि, विषय विज्ञ एवं साझेदार संस्थाको सहभागिता रहनेछ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परेको नकारात्मक असरका बारेमा नेपालले सन् २००९ देखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायतका अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएको छ ।  
    
गत वर्ष दुबईमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८) ले पहिलो पटक पर्वतीय क्षेत्रको जलवायु सङ्कटलाई सम्बोधन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार आगामी जुनमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रयसङ्घीय संरचना महासन्धी (युएनएफसिसिसी) अन्तर्गतको वैज्ञानिक तथा प्राविधिक परामर्श सहायक निकाय (एसबिएसटिए) को ६०औँ बैठकमा पर्वत र जलवायु विषयमा विज्ञ छलफल आयोजना गर्न निर्देशन दिएको थियो ।  





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १३:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया