चिकित्सा शिक्षा जाँचबुझ आयोगले दाेषी ठहर्याएकामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले कारबाही सिफारिस गरेका ४३ जनामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाइएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ले कारबाही सिफारिस गरेकामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन आयोगलाई पत्र पठाउने निर्णय गरेकी हुन् । 

शिक्षामन्त्रीको सचिवालयका अनुसार अन्य निकायलाई समेत कारबाहीको लागि पठाउने र उक्त प्रतिवेदनको जानकारी एवं आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने मन्त्रीस्तरीय निर्णय भएको हाे । 

०७४ सालमा विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको अध्यक्षतामा गठित आयोगले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनिया, हिराबहादुर महर्जनलगायतमाथि कारबाही सिफारिस गरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । 

हालसम्म गोप्य राखिएको उक्त प्रतिवेदन शिक्षामन्त्री श्रेष्ठले सार्वजनिक गर्दै कार्यान्वयन गर्ने निर्णय गरेकी हुन् । 





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १६:२२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया