कांग्रेस कमजोर छैन भन्ने सन्देश इलामले दिन्छ : डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश इलाम–२ को उपनिर्वाचनले दिने बताएका छन् । यसका लागि कांग्रेसले चुनाव जित्नैपर्नेमा उनको जोड छ ।

‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरु चिन्तित छन् । सबैको मनोबल बढाउनुपर्नेछ । हाम्रा लागि यो उपनिर्वाचन प्रतिष्ठाको विषय भएको छ,’उनले भने ।

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टीभित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए ।

उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका कोइरालाले जतिजना आकांक्षी भए पनि टिकट एकजनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरुले मन दुखाउन नहुने बताए ।

कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै कांग्रेसका हरेक कार्यकर्ताले म नै उम्मेदवार हुँ भनेर निर्वाचनमा लाग्न समेत निर्देशन दिए । 

यही वैशाख १५ गते इलाम–२ मा उपनिर्वाचन हुँदै छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौमा निधनपछि उक्त प्रतिनिधिसभा सदस्य पद रिक्त थियो ।





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार २०:५६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया