०६४ सालको निर्वाचनका आफ्नै प्रतिस्पर्धी स्व. न्यौपानेलाई डा. भट्टराईले यसरी सम्झिए

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको कांग्रेस नेता चन्द्रप्रसाद न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत स्वर्गीय न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् । 

डा. भट्टराई र स्वर्गीय न्यौपाने नाताले मामा–भान्जा हुन् । ०६४ सालको संविधानसभा निर्वाचनमा स्व. न्यौपाने नेपाली कांग्रेसबाट र डा. भट्टराई नेकपा माओवादीबाट उम्मेदवार भई आपसमा प्रतिस्पर्धा गरेका थिए । सो निर्वाचनमा डा. भट्टराई भारी मतान्तरका साथ निर्वाचित भएका थिए ।  

सो प्रसंग उल्लेख गर्दै डा. भट्टराईले लेखेका छन्,–२०६४ को संविधानसभा निर्वाचनमा  मामा–भान्जा अलग–अलग पार्टीबाट प्रतिस्पर्धा गरेको प्रसंग राष्ट्रिय समाचार बने पनि हाम्रो निजी र पारिवारिक सम्बन्ध हमेसा सुमधुर रह्यो।

उनले थप लेखेका छन्–निरंकुश पन्चायती कालरात्रीको वेलादेखि निरन्तर लोकतान्त्रिक आन्दोलनमा सतीसालझैं उभिँदै आउनुभएका वहॉको हाम्रो गाउॅघर र परिवारमा राजनीतिक चेतना जगाउनुमा अग्रणी भूमिका रहेको हामी सदैव सम्झना र सम्मान गरिरहनेछौँ।

न्यौपानेको राजनीतिक निष्ठा र निष्कलंक जीवन हामी सबैका निम्ति निरन्तर प्रेरणाको स्रोत रहिरहने भट्टराईले उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार २२:८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया