१५ महिनामा चौथोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव
फाइल तस्बिर

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत लिने भएपछि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।

मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको चौथोपटक हो । केन्द्रमा समीकरण फेरिएपछि नेपाली कांग्रेस गत ५ चैतमा मधेश सरकारबाट बाहिरिँदा ९ चैतमा उसले समर्थन फिर्ता लिएको थियो ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । १०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् । 

यस्तै, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका एक/एक र एक स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । 





  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार ७:४०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया