पक्राउ परेका एन्फा उपाध्यक्ष दावा लामा रिहा

लागूऔषध खैरो हिरोइन कारोबारमा संलग्न रहेको मुद्दामा बुधबार पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा बिहीबार रिहा भएका हुन् । 

लागूऔषध मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइए पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामालाई रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेस गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेस गरेपछि उनलाई रिहा गरिएको हो । 

दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो । 





  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार १३:४३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया