इलाममा भारतीय गाडीको प्रयोग गरी ‘नो भोट’अभियान, दुर्गा प्रसाईँ सहभागी

यही वैशाख १५ हुने इलाम २ को उपनिर्वाचनलाई लक्षित गर्दै सदरमुकाममा ‘नो भोट’ अभियान चलाइएको छ । बिहीबार इलाम चोक बजारमा नेपाल र भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिहरूले ‘नो भोट’ अभियान चलाएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेतृत्व गरेको धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको ब्यानरमा ‘नो भोट’को सभा गरिएको हो । सभामा सहभागी हुन भारतीय र नेपाली नम्बर प्लेट टाँसिएका गाडीहरू सदरमुकाममा आएका हुन । 

सहभागीहरूले धेरैजसो भारतीय नम्बरका सवारी साधनको प्रयोग गरेका छन् र भारतीय सवारीमा नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ । गाडीमा टाँसिएको ब्यानर र प्लेक्समा ‘धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ लेखिएको छ । 

निर्वाचन आचारसंहिता–२०७९ अनुसार निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । तर नो भोट अभियानमा प्रशासनले अवरोध गर्न नसकेको स्थानीयले बताएका छन् । 

इलाममा आउँदो निर्वाचनलाई प्रभाव पार्न आचारसंहिताविरुद्धको कार्यक्रम गरिएको भन्दै शीर्ष दलका नेताहरू आक्रोशित भएका छन् । सभामा प्रसाईँ आफैँ सहभागी छन् । 





  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार १५:३३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया