मुख्यमन्त्रीको शपथ लिएकै भोलिपल्ट सोडारी अल्पमतमा

सुदूपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी शपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन् । 

नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ खेमाका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सोडारी अल्पमतमा परेका हुन् । 

मन्त्री पदको सपथका लागि प्रदेश प्रमुखको कार्यालय बोलाएको तर बिना विभागीय मन्त्री बनाउने र मन्त्रालय फुटाएर विभाग तोक्ने भनेर अपमान गरेको भन्दै प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन् । 

‘मलाई मन्त्रीको शपथ खाने भनेर प्रदेश प्रमुखको कार्यालय बोलायो, पछि बिना विभागीयमा शपथ खान भनियो । मन्त्रालय तोडफोड गरेर विभाग तोक्ने भनियो । मलाई अपमान महसुस भयो, प्रदेश संरचनाका बारेमा जनता निराश रहेका बेला मन्त्रालय तोडेर मन्त्री खान मन लागेन, त्यसैले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छु,’ सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । 

सोडारी माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति (रञ्जीता पक्ष) का गरी २७ जनाको बहुमत पाउने भन्दै सरकारमा गएका थिए । 





  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार ११:३३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया