logo-img

भारतमा लोकसभा निर्वाचनका लागि शान्तिपूर्ण रूपमा मतदान हुँदै

भारतमा आज बिहानदेखि लोकसभा सदस्य पदका लागि मतदान सुरु भएको छ । जम्मु र कश्मीर सहित सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म करिब २५ प्रतिशत मत खसेको विश्वास गरिएको छ ।

जम्मु र कश्मीर सहित २१ राज्य र केन्द्र शासित प्रदेशमा १०२ पदका लागि मतदान भइरहेको छ । सातौँ चरणमा सम्पन्न हुने अपेक्षा गरिएको लोकसभा निर्वाचनको पहिलो चरणको मतदान यतिञ्जेल शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको भारतको निर्वाचन आयोगले जनाएको छ । 

आज बिहान ७ बजे सुरु भएको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रीपरिषद्का ८ जना र तीन जना पूर्व मुख्यमन्त्री सहित एक जना पूर्व राज्यपाल निर्वाचन प्रतिस्पर्धामा सहभागी छन् ।



पहिलो चरणको मतदानमा अरुणाचल, असाम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बङ्गाल, अन्डमान निकोबार, जम्मू र कश्मीर, लक्षद्वीप र पोण्डिचेरीमा मतदान भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदानमा १६ करोड ६३ लाख मतदाता सहभागी हुनेछन् । जसमा ८ करोड ४ लाख पुरुष र ८ करोड २३ लाख महिला मतदाता छन् । मतदानका लागि १ लाख ८७ हजार मतदान केन्द्र तोकिएको छ । 

देशभरका मतपत्रहरू एकै पटक सङ्कलन गरेर जुन ४ मा मतगणना गरिने र सामान्यतया त्यही दिन नतिजा घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ । ६ हप्ता समय लगाएर सकिने निर्वाचनमा ९७ करोड मतदाता सहभागी हुने विश्वास गरिएको छ । 



एक करोड ५० लाख कर्मचारीले १० लाख मतदान केन्द्र सञ्चालन गर्नेछन् । यसै निर्वाचनबाट भारतको नयाँ प्रधानमन्त्री पनि चयन हुनेछ । 



  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार १२:१७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया