logo-img

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई डा. केसीको २१ दिने अल्टिमेटम

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न र यसअघि आफूसँग भएका माग पूरा गर्न सरकारसँग माग गरेका छन्। 

शनिबार काठमाडौंको माइतीघरमा प्रर्दशनसहित पत्रकार सम्मेलन गर्दै उनले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका हुन् । सरकारलाई तीन साताको अल्टिमेटम दिँदै उनले आफूले अघि सारेका विषयलाई सम्बोधन नभए सत्याग्रह लगायत दबाब कार्यक्रम गर्ने चेतावनी दिएका छन् । 

प्रतिवेदनको सुझाबअनुुसार दोषीहरूउपर तुरुन्त कारबाही गर्नुपर्ने, विश्वविद्यालयलाई राजनीतिक भागबण्डामुक्त गर्नुपर्नेलगायत उनको माग छ । चरम भ्रस्टीकरण,अपराधीकरण, माफियाकरण र दलालीकरणमा संलग्न नेता कार्यकर्तालाई कारबाही गर्नुपर्ने उनको माग छ । 



उनले रुसले युद्धका लागि लगेका सबै नेपालीहरुलाई फिर्ता बोलाउन र थप जान रोक लगाउने व्यवस्था तत्काल गर्न पनि माग गरेका छन्।

हाल सत्ताको नेतृत्व गरेकाले आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको उनले आरोप लगाए। आफ्नो मागलाई सरकारले गम्भीरतपूर्वक नलिए सत्याग्रह लगायतका कार्यक्रम सुरु गर्न बाध्य हुने डा.केसीको चेतावनी छ । 





  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार १५:४२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया