logo-img

युद्धग्रस्त देशलाई सहायता गर्ने प्रस्ताव अमेरिकी संसदबाट पारित, युक्रेन र इजरायलले कति पाए ?

युद्धग्रस्त देशलाई सहायता प्रदान गर्नेसम्बन्धी प्रस्ताव अमेरिकी संसदबाट पारित भएको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेन, इजरायल र अन्य युद्धग्रस्त देशका लागि सहायता प्याकेजसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो । 

संसदले युक्रेनलाई ६१ बिलियन डलरको सहायता प्याकेज अनुमोदन गरेको छ । त्यस्तै, अमेरिकी संसदले इजरायल र अन्य देशका लागि समेत सहायता प्याकेज पारित गरेको समाचार संस्थाहरूले जनाएका छन् ।

राष्ट्रपति जो बाइडेनले सार्वजनिक अपिल गरेको दुई दिनपछि अमेरिकी संसदको तल्लो सदनले मानवीय सहायता प्याकेज पारित गरेको हो । सदनले युद्धग्रस्त गाजा र इजरायलका मानिसलाई सहयोग गर्न २६ अर्ब डलरको प्याकेज स्वीकृत गरेको छ ।
 







  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार ९:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया