logo-img

बार्सिलोनाविरुद्ध रियल मड्रिडको रोमाञ्चक जित, बेलिङ्घमको निर्णायक गोल

सिजनको दोस्रो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । गएराति सान्टियागो बर्नाबाउमा भएको खेलमा जुड बेलिङ्घमले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्दा रियलले बार्सिलोनालाई ३–२ ले हरायो । 

प्रतिष्पर्धात्मक खेलको छैटौँ मिनेटमा आन्द्रे क्रिष्टिन्सनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले राफिन्हाको कर्नर सटलाई हेडरमार्फत गोलमा परिणत गरे । तर, १८औँ मिनेटमा रियलले पाएको पेनाल्टीलाई भिनिसियस जुनियरले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । 



लुकास भाज्क्वेजलाई डिबक्सभित्र फउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ६९औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै फेरि बार्सिलोनालाई अग्रता दिलाए । तर, त्यो अग्रता चार मिनेटभन्दा बढी टिक्न सकेन । ७३औँ मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दा खेल २–२ गोलको बराबरीमा पुग्यो ।

इन्जुरी समयको दोस्रो मिनेटमा बेलिङघमले गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए । यो जितपछि रियलले ३२ खेलाबाट ८१ अंक जोड्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ  । समान खेलबाट बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ ।
 





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार ७:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया