logo-img

मोहन वैद्यको आरोप- प्रतिक्रियावादीहरूले कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्न खोजे

क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्यले प्रतिक्रियावादीहरूले कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्न खोजेको बताएका छन् । 

१५५ औं लेनिन जयन्तीको सन्दर्भमा सोमबार आयोजित साम्राज्यवादी युगमा लेनिनवादको महत्त्व विषयक अन्तरक्रिया कार्यक्रममा उनले आज सत्तामा कम्युनिष्ट नभएको भन्दै प्रतिक्रियावादीहरूले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बदनाम मात्र गर्न खोजेको बताए । 

उनले भने, ‘आज सत्तामा कम्युनिष्ट छैन, सबै प्रतिक्रियावादीहरूले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बदनाम गर्ने काम गरेका छन् । हाम्रो भनाइ भनेको ती कम्युनिष्ट होइनन् । उनीहरूले कम्युनिष्टको नाम जप्छन् मात्रै ।’ 



कम्युनिष्ट आन्दोलन कमजोर भएको छ भए पनि लगातार काम गर्ने हो भने सफल हुने उनको भनाइ छ । यस्तै, उनले दक्षिणपन्थी अवसरवादीहरूले कम्युनिष्टको झण्डा चोरेर मार्क्सवाद, लेनिनवाद र माओवादको नाम जपेर संसदवाद र प्रतिक्रयवादको खेती गरिरहेको पनि बताए । 





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार १८:१२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया