अस्पतालभित्रै मृत भेटिइन् नर्स

जनकपुर– जनकपुरको जानकी हेल्थकेयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्स अस्पतालकाे शाैचालयभित्रै झुण्डिएको अवस्थामा फेला परेकी छन्।  

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–३ रामनगरकी २१ वर्षीया रक्षा आलेको शव अस्पतालकाे शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उक्त अस्पताल संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवकाे हाे । प्रहरीका अनुसार मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : वैशाख ८, २०७६ आइतबार १२:४६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया