logo-img

सांसदकाे माग : एसिड आक्रमण गर्नेलाई फाँसीको सजाय हुनुपर्छ

वीरगन्ज । दिनप्रतिदिन एसिड आक्रमणकाे घटना बढ्न थालेपछि यस्ताे अपराधमा संलग्नहरुलाई मृत्युदण्डसम्मको सजाय दिनुपर्ने माग उठ्न थालेको छ । शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा संघीय सांसद प्रदीप यादवले एसिड आक्रमण गर्नेहरुलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका छन् ।

अहिले कानुनमा  कुनै पनि प्रकारकाे मृत्युदण्डको व्वस्था छैन । सा‌ंसद यादवले कानुन संशोधन गरेरै भए पनि जन्मकैद वा फाँसीको सजायको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । कानुन संशोधनका लागि आफूले संसदमा आवाज उठाउने उनले बताए ।

‘जसले महिलाको जिन्दगी बर्बाद गरेको छ, उसको पनि जिन्दगी बर्बाद हुनुपर्छ,’ सांसद यादवले भने, ‘त्यस्तालाई फाँसीको सजाय हुनुपर्छ । त्यसका लागि कानुन संशोधन गर्नुपरे गरौँ ।’ अपराध गर्न खोज्नेको मनमा डर पैदा गर्न पनि कानुन संशोधन आवश्यक रहेको उनले बताए ।



शुक्रबार वीरगन्जकाे हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । एसिड प्रहार गर्ने मुख्य अभियुक्त सम्साद मियाँ र माजिद आलमलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । मुस्कानको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

 





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १५:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया