ट्विटरमा अक्षयले गरेको एक लाइक जसले उनलाई माफी माग्न बाध्य बनायो

एजेन्सी– अहिले भारतमा नागरिकता संशोधन कानुनलाई लिएर ठूलो हंगामा भइरहेको छ । बलिउडका अभिनेता तथा अभिनेत्रीहरुले पनि यसको विरोधमा स्टाटस लेख्न थालेका छन् । 

भारतका मुख्य सहरमा विरोध प्रदर्शन भएका छन् । प्रहरीले व्यापक दमन गरिरहेको छ । सामाजिक सन्जाल यही विषयले रंगिएको छ । 

यहीबीच बलिउड अभिनेता अक्षय कुमारको ट्विटरमा दिएको एक प्रतिक्रिया अहिले निकै चर्चामा आएको छ । र, अक्षयले दिएको यो प्रतिक्रिया हो, ट्विटरमा लाइक । 

उनले ट्विटरमा एउटा यस्तो भिडियो लाइक गरे जहाँ प्रहरीले विद्यार्थीलाई कुटिरहेको थियो । 

त्यसपछि उनी सामाजिक सन्जालमा ट्रोल हुन थाले । यो कतिसम्म भयो भने अक्षयले माफी नै मागे । 



उनले ट्विटरमा लेखे, ‘जामिया मिल्लिया विद्यार्थीको भिडियोमा मैले गल्तीले लाइक गरेको हुँ । म स्क्रोल गरिरहेको थिएँ र गल्तीले लाइक भयो । जब मलाई यो थाहा भयो, मैले अनलाइक गरेँ । म यस्ता कुनै पनि हर्कतको समर्थन गर्दिनँ ।’



  • प्रकाशित मिति : मंसिर ३०, २०७६ साेमबार २२:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया