अक्षयले डिप्रेसनमाथि फिल्म बनाउने

एजेन्सी– बलिउडका खेलाडी कुमार हुन्, अक्षय कुमार । अब उनले डिप्रेसनमाथि फिल्म बनाउने भएका छन् । गत वर्ष मात्र अक्षयले आफूले दाइजो प्रथाबारे एउटा राम्रो कथा खोजिरहेको बताएका थिए । 

केही दिनअघि मात्र डिप्रेसनका कारण अभिनेता कुशल पन्जाबीले आत्महत्या गरेको खबर सुनेपछि घोरअचम्ममा परेका अक्षयले अब डिप्रेसनमाथि गम्भीर फिल्म बनाउने भएका हुन् । 

अक्षयले पन्जाबीसँग काम गरेको सम्झिँदै उनले आफ्नो समस्यालाई राम्रोसँग सम्झिन नसकेको बताएका छन् । उनले सबैजना साहसी र आफ्ना चुनौतिलाई सामना गर्न सक्ने बन्नु पर्ने भन्दै समस्या सबैको जीवनमा आउने र त्यसबाट निस्कनु नै ठिक हुने बताएका छन् । उनले डिप्रेसन गम्भीर समस्या भएको र यसको विषयमा फिल्म बनाउन आफू तयार रहेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार २२:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया