मध्यपूर्वमा सैन्य आक्रमण तत्काल राेक्न इयूकाे आग्रह

एजेन्सी–  मध्यपूर्वमा जारी सैन्य आक्रमण तत्काल राेक्न युरोपियन युनियनले आग्रह गरेकाे छ । युरोपियन आयोगकी अध्यक्ष उर्सुलु भोन डेर लियनले बुधबार हतियारको प्रयोग तत्कालन रोक्न आग्रह गरेकी हुन् । उनले तनावलाई कम गर्दै संवादमार्फत् इरान र इराकको समस्या समाधान गर्नुपर्ने बताएकी छिन् । 

'अहिलेको संकटले त्यस क्षेत्रलाई मात्र प्रभावित गरेको छैन कि हामीलाईसमेत प्रभावित गरेको छ,' इयू विदेश मामिला प्रमुख जोसेफ बोरलसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, 'संवादमार्फत समाधान खोज्‍नका लागि हतियारको प्रयोग तत्काल रोक्नुपर्छ ।’

पछिल्लो समय अमेरिकाले इराकमाथि गरेको रकेट आक्रमणले युद्ध बढिरहेको प्रमाण पेस गरेको भन्दै विदेश मामिला प्रमुख बोरेलले इरान र इराकको पछिल्लो परिस्थितिले सिंगो क्षेत्रमा नै त्रास फैलाएको बताएका छन् ।

आफूले पछिल्लो परिस्थितिको विषयमा कुरा गर्न इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफलाई ब्रसेल्स बोलाएको बताउँदै बोरेलले इरानलाई परमाणु सम्झौतामा ल्याउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।





  • प्रकाशित मिति : पुस २३, २०७६ बुधबार १७:५१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया