अष्ट्रेलियाली सरकार पूरै लकडाउन गर्ने ‘मुड’मा

सिड्नी– अष्ट्रेलियका प्रधानमन्त्री स्कट मोरिसनले देशमा कोरोना भाइरसविरुद्ध लड्नका लागि पूरै देश पूर्णरुपमा लकडाउन गर्न सकिने चेतावनी दिएका छन् । 

उनले यो चेतावनी त्यहाँको बोन्डी बीचमा अत्यन्त धेरै मानिसहरु जम्मा भएपछि आएको हो । सरकारले अहिले भीडभाड नगर्नु भने पनि शनिबार सिड्नीको बोन्डी बीचमा निकै धेरै मानिसहरु जम्मा भएका थिए ।

‘त्यहाँको अवस्थाका कारण हामीले गम्भीर निर्णयहरु लिन पर्ने हुनसक्छ,’ मोरिसनले भनेका छन्, ‘यसले हामीलाई सचेत बनाएको छ ।’ मोरिसनले अहिलेको अवस्थाबाट माथि आउन केही आर्थिक प्याकेजहरुको पनि घोषणा गरेका छन् ।

अहिलेसम्म अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघिसकेको छ भने त्यहाँ ७ जनाको कोभिड १९ का कारण मृत्यु भएको छ ।

शनिबार अचानक बोन्डी बीचमा मानिसहरु भेला भएपछि बन्द गरिएको थियो । अहिले अष्ट्रेलियामा घरबाहिर खुला ठाउँमा पाँच सयभन्दा धेरै मानिस जम्मा हुन नपाउने नियम लगाइएको छ ।

‘तपाईंहरुले एकअर्कासँग स्वास्थ्य डिस्टेन्स राख्नुपर्छ,’ मोरिसनले भनेका छन् । अनि उनले अष्ट्रेलियनहरुले सरकारले ल्याएका निर्देशनहरु नमान्ने हो भने गम्भीर र कडा नियम ल्याउने पनि बताएका छन् ।



यसअघि नै अष्ट्रेलियाले गैर अष्ट्रेलियाली नागरिकलाई देशभित्र भित्रिन नदिने बताइसकेको छ ।



  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १२:१४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया