logo-img

यमनमा एकजना मात्र कोरोनाभाइरस संक्रमित देखिँदा पनि किन त्रसित छ विश्व ?

एजेन्सी– यमनमा कोरोनभाइरस संक्रमित एकजना भेटिएका छन् । एकजनामा कोरोनाभाइरस संक्रमण देखिँदा नै अब विश्व त्रसित भएको छ, विभिन्न एजेन्सीहरुले चिन्ता व्यक्त गरेका छन् ।

आखिर किन ? 

किनकि यमनले लामो समयदेखि गृहयुद्धको सामाना गरिरहेको छ । अनि त्यहाँ स्वास्थ्य संस्था तथा सुविधाको अवस्था अत्यन्त नराम्रो छ । 



गैरसरकारी संस्था अक्सफामले यसलाई ठूलो झट्का मात्र भनेको छैन, यो अत्यन्त नराम्रो सपनाजस्तो भएको अवस्था पनि भएको बताएको छ ।

अहिले पनि यमन अत्यन्त नराम्रो मानवीय संकटका कारण जुधिरहेको छ । यहाँको एउटा ठूलो समय खाद्य संकटको सामाना गरिरहेको छ । अनि यमन अहिले पनि खाद्य सहायतामा आश्रित छ । 

यतिमात्र होइन, अहिले पनि हैजा, डेंगु तथा मलेरियाजस्ता गम्भीर बिमारहरुसँग अहिले जुधिरहेको छ । अनि त्यहाँ भएका आधाभन्दा कम अस्पतालहरुमा मात्रै अहिले काम भइरहेको छ । त्यसैले पनि यमनमा थप संकट आउने बताइएको हो ।



यमनमा हुथी विद्रोहीसँग लडिरहेको साउदी अरबको नेतृत्वको गठबन्धनले अहिले युद्धविरामको घोषणा गरेको छ । अनि उनीहरुले यो भाइरस संक्रमण रोक्नका लागि आफूहरुले पहल गर्ने पनि बताएका छन् ।

यमनको राष्ट्रिय आपतकालीन समितिले शुक्रबार कोरोनाभाइरस संक्रमित भएका व्यक्ति ६० वर्षका भएको पनि जनाएको छ ।



  • प्रकाशित मिति : चैत २९, २०७६ शनिबार २०:१६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया