logo-img

१५ जेठमा नै बजेट ल्याउने सरकारी तयारी

काठमाडौं– नेपाल सरकारले आगामि आर्थिक वर्षको बजेट १५ जेठमा नै संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहिबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा यो जानकारी दिएका हुन् । यसका साथै अब सरकारले उद्योग तथा कलकारखाना पनि विस्तारै खोल्दै जाने बताएको छ । श्रमिक वर्गको जीवनमा थप समस्या नहोस् भन्नका लागि यस्तो निर्णय सरकारले लिने तयारी गरेको बताइएको हो । 

‘बजेटका लागि तयारी पनि चलिरहेको छ,’ अर्थमन्त्री खतिवडाले भनेका छन्, ‘अहिले आर्थिक क्रियाकलापमा कोरोनाभाइरसका कारण प्रतिकूल असर परेको छ । तर, यसलाई सधैं यस्तो बनाइरहनु हुँदैन ।’



बजेट १५ जेठमा नै ल्याउने भनिए पनि सरोकारवालाहरुसँगको छलफल गर्न नसकिएको पनि उनले बताएका छन् ।





  • प्रकाशित मिति : वैशाख १२, २०७७ शुक्रबार १:६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया