किमले दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई २७ अप्रिलमा पठाएको पत्र सार्वजनिक

सिओल– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबारे विभिन्न अड्कलबाजी भइरहेका वेला उनले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई पठाएको पत्र सार्वजनिक भएको छ । उत्तर कोरियाली सरकारी सञ्‍चारमाध्यमले सो पत्र सार्वजनिक गरेका हुन् । 

दक्षिण अफ्रिकाको स्वतन्त्रता दिवसको अवसरमा उत्तर कोरियाली नेता उनले बधाई दिँदै राष्ट्रपति रामाफोसालाई २७ अप्रिलमा पत्र पठाएको उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले जनाएको छ । 

पछिल्लो दुई साताभन्दा बढी समयदेखि उन सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । त्यसपछि विश्वभरका सञ्चारमाध्यमले उनीबारे विभिन्न समाचार प्रकाशन गर्दै आएक छन् । कतिपयले किम गम्भीर बिरामी परेको बताएका छन् भने कतिपयले उनको मृत्यु भइसकेको दाबी गरेका छन् । 

सोही अनुमान चिर्न केसीएनएले सोमबार २७ अप्रिलमा उनले पठाएको पत्र सार्वजनिक गरेको हो । दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसालाई उनले पठाएको पत्रमा भनिएको छ, ‘दुई मुलुकको मैत्रीपूर्ण सम्बन्ध अनन्तकालसम्म चलिरहनेछ । दुई देशबीचको सम्बन्ध थप सुदृढ हुँदै जानेछ ।’

यसअघि सोमबार दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोङ उन जीवित र स्वास्थ भएको दाबी गरेको थियो । राष्ट्रपति मुन जाइ इनका परराष्ट‍्र नीति सल्लाहकार मुन चुङ इनले किम जोङ उन जीवित र स्वस्थ रहेको बताएकी थिइन् । 





  • प्रकाशित मिति : वैशाख १६, २०७७ मंगलबार १०:४१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया