भ्रामक समाचार प्रसारण गर्ने मिडियालाई कारबाही गर्न माग गर्दै प्रेस काउन्सिलले पठायो भारतलाई पत्र

काठमाडौं– नेपाल प्रेस काउन्सिलले नेपाल सरकार र प्रधानमन्त्रीमाथि लगाइएका आपत्तिजनक सामग्रीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिल अफ इण्डियालाई पत्र लेखेको छ । पत्रमा उनीहरुलाई कारबाही र आचारसंहिताको दायरामा ल्याउन आग्रह गरिएको छ ।

काउन्सिलका तर्फबाट अध्यक्ष किशोर श्रेष्ठले सो पत्र लेखेका छन् । प्रेस काउन्सिल अफ् इण्डियाका प्रमुख चन्द्रमौली कुमार प्रसादलाई पत्र लेख्दै उनले नेपालको सार्वभौमसत्ता र अखण्डता तथा प्रधानमन्त्रीको व्यक्तित्वमाथि गम्भीर आक्रमण गर्ने सञ्चारमाध्यमलाई आचारसंहिता पालना गराउन आग्रह गरेका छन् । 

केही भारतीय सञ्चारमाध्यमले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदूतसँग अवैैध सम्बन्धको अनर्गल आरोप लगाउँदै चरित्रहत्या गरेका थिए । सोही विवादका कारण नेपालमा भारतीय समाचार च्यानलको प्रसारण बन्द भएको छ । 

प्रेस काउन्सिलले प्रेस काउन्सिल अफ इण्डियालाई लेखेको पत्र





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १७:३८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया