logo-img

कोरोना निको भएकी कपिलवस्तुकी एक नर्समा फेरि संक्रमण

कपिलवस्तु– गत जेठ महिनामा कोरोना संक्रमण भएर निको भएकी कपिलवस्तुकी एक नर्समा फेरि संक्रमण दोहोरिएको छ ।

उनलाई जेठ महिनामा कोरोना संक्रमण हुँदा कुनै लक्षण देखिएको थिएन । अहिले संक्रमण दोहोरिँदा पनि लक्षण नभएको अस्पतालले जनाएको छ । 

यस साता जिल्ला अस्पताल कपिलवस्तुका तीन चिकित्सकसहित १८ जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एकजना तिनै नर्स रहेको अस्पतालले पुष्टि गरेको छ ।



कपिलवस्तुमा गत साउन २७ गतेदेखि भदौ ७ गतेसम्म जिल्लामा तेस्रोपटक लकडाउन गरिएको छ ।  





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १७:२२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया